हिमालय एयरलाइन्सको विमान पोखरा ‘डाइभर्ट’

काठमाडौं । तिब्बतको ल्हासाबाट काठमाडौँ आएको हिमालय एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।

विषम परिस्थितिलगायत प्राविधिक कारणले काठमाडौँ आएको हिमालयको विमान ‘डाइभर्ट’ भई पोखरा अवतरण भएको हो ।

उपत्यकाभित्रको विषम परिस्थितिलगायत त्रिभुवन विमानस्थल वरपर र उडान अवतरण मार्गको विभिन्न स्थानमा देखिएको धुवाँजस्ता कारणले जहाजको सुरक्षामा गम्भीर असर पर्ने देखिएकाले विमान पोखरा डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ । उक्त विमानमा चिनियाँ नागरिक रहेको जनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार तिब्बतको ल्हासाबाट काठमाडौँ आएको उक्त विमान सिमरामाथिको आकाशमा लामो समय होल्ड भएपछि पोखरा विमानस्थलमा डाइभर्ट गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 7 =