जेनजी प्रदर्शनकारी सिंहदरबारभित्र प्रवेश, जलाउने तयारी

काठमाडौं । राजधानी काठमाडौंको मुटु मानिने सिंहदरबारमा जेनजी प्रदर्शनकारीहरू प्रवेश गरेका छन् ।

आक्रोशित भीडले सिंहदरबारको मूल गेट तोडेर भित्र प्रवेश गरेको हो । सोमबारको प्रदर्शनमा युवाहरुको ज्यान गएको घटनापछि आक्रोश चुलिँदै जाँदा आन्दोलन झनै आक्रमक बनेको देखिएको छ ।

हाल काठमाडौंसहित देशका प्रमुख सहरहरूमा प्रदर्शन जारी छ । शीर्ष नेताहरूका घर, पार्टी कार्यालयहरू, प्रहरी चौकी र सरकारी सम्पत्तिमा तोडफोड तथा आगजनी भइरहेका छन् ।

सुरक्षा जोखिम उच्च बनेपछि मन्त्रीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं उपत्यकाभित्रैको सुरक्षित स्थानमा सारिएको छ ।

प्रदर्शन नियन्त्रणमा लिन सुरक्षा निकायहरू अश्रुग्यास, हवाई फायर र कफ्र्यूको तयारीमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =