स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् ।

मन्त्री पौडेलले सरकारमा रहन सक्ने अवस्था नरहेको भन्दै राजीनामा दिएका हुन् ।

उनले सत्तारुढ दल नेपाली कांग्रेसलाई समेत यस्तो अवस्थामा सरकार छाड्नुपर्ने सुझाव दिएका छन् ।

‘राजनीतिक नेतृत्व जनताको संवेदना बुझ्न असफल भयो,’ उनले भने, ‘यस्तो अवस्थामा सरकारमा बसिरहनु नैतिक रुपमा उचित हुँदैन ।’

जेनजी आन्दोलनका क्रममा प्रहरीको बल प्रयोगपछि स्थिति थप तनावपूर्ण बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + twenty =