विराटनगरको देवकोटा चोक र अस्पताल चोक तनावग्रस्त

काठमाडौं । विराटनगर देवकोटाचौकस्थित कोशी प्रदेश सभा भवनमा कफ्यू उल्लंघन गर्दै आन्दोलनकारी प्रवेश गर्न खोजेपछि विराटनगरको देवकोटा चोक र अस्पताल चोकबीचको सडक तनावग्रस्त बनेको छ ।

विहानैदेखि देवकोटा चोकमा भेला भएर प्रदर्शनकारीले प्रदर्शन गरिरहेका थिए । अस्पताल चोकतर्फबाट प्रहरीको ब्यारिकेट तोडेर प्रदर्शनकारीको समूह प्रदेशसभा छिर्ने भन्दै अगाडि बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुंग्यास प्रहार गरिरहेको छ भने आन्दोलनकारीले ढुंगा प्रहार गरिरहेका छन् । प्रहरीले हानेको अश्रुग्याँसको सेल प्रदर्शनकारीले प्रहरीतर्फ फ्याँकिरहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =