जनमत पार्टीमा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे आन्तरिक छलफल सुरु गरेको छ ।

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानका अनुसार पार्टीभित्र अहिले व्यापक समीक्षा र अन्तरसंवाद भइरहेको छ । ‘केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने हो। यसबारे छलफल चल्दैछ,’ उपाध्यक्ष खानले भने ।

उक्त छलफलसँगै मधेश प्रदेश सरकारमा मुख्यमन्त्री रहेका सतिसकुमार सिंहलाई पदबाट राजीनामा दिन भनिएको समेत उपाध्यक्ष खानले जानकारी दिएका छन् ।

देशभर चर्किएको जेनजी आन्दोलनका बीच सरकारको भूमिकाप्रति असन्तुष्टि जनाउँदै जनमत पार्टीभित्र समर्थन फिर्ता गर्ने बहस तीव्र बनेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =