काठमाडौंबाट हुने सम्पूर्ण उडान स्थगित, त्रिभुवन विमानस्थल बन्द
२०८२ भदौ २४ गते

फाइल फोटो ।
काठमाडौं । राजधानी काठमाडौंबाट हुने सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हाललाई बन्द गरिएको छ ।
विमान कम्पनीहरूको आपतकालीन बैठकपछि उडान स्थगित गर्ने निर्णय गरिएको एक विमान कम्पनीका अधिकारीले जानकारी दिएका छन् ।
जेनजी आन्दोलन देशव्यापी रूपमा चर्किँदै गएको, विशेषगरी काठमाडौं उपत्यकामा हिंसात्मक प्रदर्शन भइरहेकाले सुरक्षाको कारण देखाउँदै उडान बन्द गरिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा सतर्कता उच्च बनाइएको छ भने यात्रुहरूलाई तत्कालका लागि यात्रा योजना स्थगित गर्न आग्रह गरिएको छ ।
२०८२ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित








