पोखरा महानगरपालिकामा ढुंगामुढा, प्रहरीले गर्‍यो हवाई फायर

काठमाडौं । जेनजी आन्दोलन पोखरामा समेत चर्किएको छ । पोखराको सभागृह चोकबाट सुरु भएको प्रदर्शनकारीहरूको जुलुस न्युरोडस्थित पोखरा महानगरपालिकाको कार्यालयअगाडि पुगेर आक्रोशित बनेपछि स्थिति तनावग्रस्त बन्यो ।

महानगर कार्यालयअगाडि प्रदर्शनकारीहरूले भ्रष्टाचारविरोधी नाराबाजी गर्दै ढुंगामुढा गरेका छन् । उनीहरूले बन्द गरिएका गेट खोल्नसमेत प्रयास गरेका थिए ।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर गरेका छन् । अहिले क्षेत्र तनावग्रस्त छ र सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ ।

जेनजी पुस्ताको नेतृत्वमा भइरहेको देशव्यापी आन्दोलनले पोखरामा पनि व्यापक असर पार्न थालेको छ ।

देशभर भ्रष्टाचार, सत्ता दुरुपयोग र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध चर्किएको आन्दोलनले विभिन्न सरकारी निकायहरूलाई निशाना बनाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =