एमाले उपाध्यक्ष पाण्डेको घरमा तोडफोड, गाडी जलाइयो

काठमाडौं । जारी जेनजी आन्दोलन अझै नियन्त्रणमा आउन सकेको छैन । प्रदर्शनकारीहरूले नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको घरमा तोडफोड गरेका छन् ।

काठमाडौंस्थित पाण्डेको निजी निवासमा पुगेका प्रदर्शनकारीहरूले घरमा ढुंगामुढा गर्नुका साथै पार्किङमा राखिएको गाडीमा आगजनी गरेका हुन् ।

स्थानीयका अनुसार आगोले गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ भने घरको सिसा फुटाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + six =