झापाको बिर्तामोडमा प्रहरीको गोली प्रहार, दुई प्रदर्शनकारी गम्भीर घाइते
२०८२ भदौ २४ गते

काठमाडौं । जेन–जी पुस्ताको आन्दोलन चर्किँदै जाँदा झापाको बिर्तामोडमा प्रहरीले गोली चलाएको छ ।
सोमबारको घटनामा १९ जनाको ज्यान गएको खबरपछि देशभर फैलिएको आक्रोशले आज झापामा पनि तनावपूर्ण स्थिति सिर्जना गरेको हो ।
स्थानीयका अनुसार प्रहरीको गोली लागेर दुई जना प्रदर्शनकारी गम्भीर घाइते भएका छन् । उनीहरूको पेटमा गोली लागेको बताइएको छ ।
प्रदर्शन बिहानैदेखि शान्तिपूर्ण रूपमा सुरु भए पनि दिउँसोतिर झडप सुरु भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।
२०८२ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित








