राष्ट्रपति पौडेलको निवासमा आगजनी
२०८२ भदौ २४ गते

काठमाडौं । देशभर चर्किएको आन्दोलन राजधानीमा झनै हिंसात्मक बन्दै गएको छ ।
मंगलबार मध्याह्न काठमाडौं महानगरपालिका–१६, बोहराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।
प्रत्यक्षदर्शीका अनुसार घरको छतबाट बाक्लो धुवाँ निस्किरहेको देखिएको छ ।
यसअघि खुमलटारस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा पनि आगो लगाएका थिए ।
यस्तै बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा समेत प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरेका छन् ।
२०८२ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित








