जेनजी युवाको मृत्यु विश्वप्रकाशलाई असहनीय, मागे ओलीको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पदत्याग गर्न आग्रह गरेका छन् ।

राजधानीलगायत देशभर जारी जेनजी आन्दोलन हिंसात्मक बन्दै गएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस्तो आग्रह गरेका हुन् ।

महामन्त्री शर्माले लेखेका छन्, ‘अबोध युवाहरूको अमूल्य जीवनको निर्मम समाप्ति असहनीय भएको छ ।’ उनले यो पीडादायी क्षणमा राजनीतिक नेतृत्वले गम्भीर आत्ममन्थन गर्नुपर्ने बेला आएको उल्लेख गरे ।

उनले सबै राजनीतिक दल र नेतृत्वले नवीन राष्ट्रिय सहमतिको खाका कोर्नुपर्नेमा जोड दिएका छन् । ‘जेनजीसहितको नवीन राष्ट्रिय सहमति निर्माण गरौँ । सबै उच्च नेतृत्वको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरौँ, र भ्रष्टाचारका प्रत्येक मुद्दामा कठोर कानुनी कारबाही सुनिश्चित गरौँ,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =