ललितपुर अशान्त : प्रचण्ड निवासमा ढुंगामुढा प्रहार, प्रहरी बिटमा आगजनी

काठमाडौं । जेनजी प्रदर्शनको दोस्रो दिन आज बिहानैदेखि राजधानी  तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा तोडफोड गर्नुका साथै नजिकैको प्रहरी बिटमा आगजनी गरेका छन् । यस्तै, ललितपुर सुनाकोठीस्थित ढोलाहिटीमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा समेत आगजनी भएको छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार, प्रदर्शनकारीहरूको एक समूहले प्रचण्डको खुमलटारस्थित निवासको गेटअगाडि ढुंगामुढा प्रहार गरेको छ । सोही समूहले नजिकै रहेको प्रहरी बिटमा आगजनी गरेपछि प्रचण्ड निवासतर्फ अघि बढेको थियो ।

यसअघि बिहानै हरिसिद्धीस्थित प्रहरी प्रभागमा पनि आगजनी भएको थियो । नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीले दिएको जानकारीअनुसार ललितपुरका विभिन्न भागमा प्रदर्शन र आगजनीका घटनाहरू भइरहेका छन् ‘। ‘प्रदर्शनको प्रभाव गाउँहरूमा समेत परेको छ । गाउँहरूमा र भित्री सडकहरूमा समेत बन्दको अवस्था छ,’ अध्यक्ष कार्कीले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =