मन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी
२०८२ भदौ २४ गते

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।
सुरक्षा स्रोतका अनुसार केहीबेरअघि एक समूह मन्त्री गुरुङको घरअगाडि जम्मा भई प्रदर्शनमा उत्रिएको थियो ।
प्रदर्शनकै क्रममा आक्रोशित भिडले सुरुमा ढुंगामुढा गर्न थालेको र त्यसपछि आगजनीमा उत्रिएको बताइएको छ ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ । हालसम्म आगजनीबाट भएको क्षतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।
२०८२ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित








