काठमाडौँ नेशनल मेडिकल कलेजले गर्‍यो जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क उपचार

काठमाडौं । काठमाडौँमा सोमबार भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका दुई जनाको काठमाडौँ नेशनल मेडिकल कलेजले निःशुल्क उपचार गरेको छ । उपचारपश्चात् दुवै जनाको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको अस्पतालले जनाएको छ ।

घट्टेकुलोमा अवस्थित काठमाडौँ नेशनल मेडिकल कलेजले एक विज्ञप्ति जारी गर्दै आन्दोलनमा घाइते हुनेहरूको निःशुल्क उपचार गर्ने घोषणा गरेको थियो । अस्पतालका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिए ।

अस्पतालको यस प्रतिबद्धताअनुरूप, आन्दोलनका क्रममा घाइते भई उपचारका लागि आएका दुई जनाको निःशुल्क उपचार सफलतापूर्वक सम्पन्न भएको छ । अस्पतालका अनुसार, प्रारम्भिक उपचारपश्चात् उनीहरूको अवस्था सामान्य भइसकेको छ र अस्पतालले उपलब्ध गराउने सम्पूर्ण सेवाहरू पनि निःशुल्क नै रहने जानकारी दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − seven =