काठमाडौं महानगरका विद्यालय तीन दिनका लागि बन्द

काठमाडौं । काठमाडौं महानगरपालिकाले जेनजी आन्दोलनलाई ध्यानमा राख्दै महानगरभित्रका सबै विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

महानगरपालिकाले सूचना जारी गर्दै भदौ २४, २५ र २६ गतेसम्म विद्यालयहरू बन्द रहने जनाएको हो ।

आज राजधानीका विभिन्न स्थानमा भएको प्रदर्शन तथा उत्पन्न तनावपूर्ण परिस्थितिका कारण यस्तो निर्णय लिइएको जनाइएको छ ।

जेनजी पुस्ताको नेतृत्वमा भइरहेको आन्दोलनले शिक्षा क्षेत्रमा पनि प्रभाव पार्न थालेको देखिन्छ । काठमाडौँ महानगरपालिकाले अभिभावक, विद्यार्थी र विद्यालय प्रशासनलाई संयमता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − nine =