बालुवाटारमा ओली–देउवा भेटवार्ता जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता जारी छ ।

सरकारी निवास बालुवाटारमा भइरहेको भेटमा हालै चुलिएको जेनजी आन्दोलन, त्यसक्रममा भएका घटनाक्रम तथा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धबारे मुख्य छलफल भइरहेको स्रोतले जनाएको छ ।

‘मन्त्रिपरिषद् बैठक लगत्तै उहाँहरूबीच कुराकानी सुरु भएको हो,’ एक नेताले भने, ‘प्रदर्शनसँग जोडिएको असन्तोष, सामाजिक सञ्जालको बन्देज र आगामी रणनीतिबारे विचारविमर्श भइरहेको छ ।’

नेपाली कांग्रेसले सामाजिक सञ्जाल खोल्न सरकारलाई आग्रह गरे पनि प्रधानमन्त्री ओली हाललाई त्यसमा सहमति जनाउन तयार देखिएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + sixteen =