जेनजी आन्दोलनको असर: विराटनगरका विद्यालय दुई दिनका लागि बन्द
२०८२ भदौ २३ गते

काठमाडौं । विराटनगर महानगरपालिकाका विद्यालयहरू दुई दिनका लागि बन्द हुने भएका छन् । जेनजी पुस्ताको प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण विद्यालयहरू बन्द गरिएको जनाइएको छ ।
महानगरपालिकाले मंगलबार सूचना जारी गर्दै सबै विद्यालयमा बिदा घोषणा गरेको हो । यसअघि सोमबार जेनजीले विराटनगरमा प्रदर्शन गरेका थिए ।
प्रदर्शनपछि बढ्न सक्ने सम्भावित असहज परिस्थितिलाई ध्यानमा राख्दै विद्यालय बन्द गरिएको बताइएको छ ।
देशका प्रमुख शहरहरूमा जारी आन्दोलनको प्रभाव विराटनगरमा पनि देखिन थालेको छ ।
२०८२ भदौ २३ गते
प्रतिक्रिया
सम्बन्धित








