जेनजी आन्दोलनः छानबिन समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौं । सोमबार काठमाडौंमा भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक रुपमा परिणत भएपछि सरकारले घटना छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन घटनाको पूर्ण छानबिनका लागि समिति बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

समितिले घटना विवरण, हिंसाको कारण र जिम्मेवार पक्षहरूको पहिचान गरी १५ दिनभित्र रिपोर्ट सरकारलाई बुझाउनुपर्ने टम्र्स अफ रेफरेन्स (टिओआर) तय गरिएको छ ।

सरकारले घटना सम्बन्धी सत्य तथ्य बाहिर ल्याई उचित कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =