संयुक्त राष्ट्रसंघले भन्यो– नागरिकको प्रजातान्त्रिक अधिकार सुनिश्चित गर

काठमाडौं । संयुक्त राष्ट्रसंघले नेपालमा नागरिकहरूले प्रजातान्त्रिक अधिकारको प्रयोग गर्ने कुरा सुनिश्चित आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसंघकी नेपाल आवासीय संयोजक हना सिंगर–ह्याम्डीले सामाजिक सञ्जाल एक्समा पोष्ट गर्दै यस्ता बताएकी हुन्।

उनले भनिन् ‘नागरिकहरूले सुरक्षित र शान्तिपूर्ण रूपमा आफ्नो प्रजातान्त्रिक अधिकारको प्रयोग गर्न सकुन् भन्ने कुरा सुनिश्चित गर्दै अधिकतम संयम र सावधानी अपनाउन म सबै पक्षहरूलाई आग्रह गर्दछु ।’

सिंगर–ह्याम्डीले नेपालमा आज भएको जेनजीको प्रदर्शनमा मृत्यु र घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेकी छन् । उनले मृतकका परिवारहरूप्रति समवेदना व्यक्त गरेकी छन् ।

जेनजी प्रदर्शनमा हालसम्म १९ जनाको मृत्यु र तीन सयभन्दा बढी घाइते भएको सरकारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 5 =