पदबाट राजीनामा दिने मनसायमा गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफू पदमा नबस्ने संकेत दिएका छन् ।

देउवा निवास बुढानीलकण्ठमा बसेको नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा गृहमन्त्री लेखकले पदबाट राजीनामा दिन चाहेको बताएका हुन् ।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार, सोमबारको प्रदर्शनका क्रममा भएको ठूलो मानवीय क्षतिको नैतिक जिम्मेवारी लिने भन्दै गृहमन्त्री लेखकले राजीनामाको संकेत गरेका हुन् ।

‘आजको प्रदर्शनमा ठूलो मानवीय क्षति भयो । मैले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ, नैतिकताका आधारमा पदमा बस्दिनँ,’ गृहमन्त्री लेखकले भने ।

यद्यपि, उनले लिखित राजीनामा भने दिइसकेका छैनन् । तर पार्टी भित्रको छलफलमा उनले जिम्मेवारीबाट पछि हट्ने संकेत गरिसकेका छन् ।

गृहमन्त्री लेखक नेतृत्वको सुरक्षा संयन्त्रमाथि सोमबार राजधानीमा भएको घटनापछि चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + thirteen =