जेनजी प्रदर्शनीमा भएका घटनाबारे निष्पक्ष छानबिन गर्न रास्वपाको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जेनजी पुस्ताको नाममा आज भएको प्रदर्शनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

पार्टी सचिवालयको आकस्मिक बैठकपछि विज्ञप्ति जारी गर्दै रास्वपाले प्रदर्शनीमा घाइते भएकाको निःशुल्क उपचार र घटनाको उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको हो ।

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा प्रदर्शनमा प्रहरीद्वारा भएको बल प्रयोगको भत्र्सना गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =