काठमाडौँका सीडीओको सामाजिक सञ्जालमा तीव्र आलोचना, वेबसाइटबाट हटाए तस्बिर

काठमाडौँ । प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालको सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ ।

काठमाडौँमा भएको जेनजी युवाहरूको प्रदर्शनमा दमन गरेको भन्दै अहिले उनको आलोचना भइरहेको हो ।

यसबीच जिल्ला प्रशासन कार्यालय काठमाडौँले आफ्नो वेबसाइटबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालको तस्बिर हटाएको छ ।

जेनजी युवाहरूको प्रदर्शनका क्रममा १७ जनाको मृत्यु र २५० भन्दा बढी युवा घाइते भएपछि सीडीओ रिजालले वेबसाइटबाट आफ्नो तस्बिर हटाउन लगाएका हुन् ।

सीडीओ रिजालले आफ्ना सन्तानलाई विदेशमा राखेर पढाउने तर काठमाडौँमा युवाहरूको प्रदर्शनलाई दमन गर्न आदेश दिएको भन्दै उनको आलोचना भइरहेको छ ।

प्रशासनले कर्फ्यू जारी गरेपनि आक्रोशित प्रदर्शनकारीले अवज्ञा गरेर प्रदर्शन जारी राखेका छन् ।
अहिले काठमाडौँको बानेश्वरसहित शंखमुल, माइतीघर, थापागाउँ, सिंहदरबार लगायतका संवेदनशील क्षेत्रमा प्रहरीले सुरक्षा कडा बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − thirteen =