जेनजी प्रदर्शनकारीले गरे प्रधानमन्त्री ओलीको घरमा तोडफोडको प्रयास
२०८२ भदौ २३ गते

काठमाडों । झापाको दमकस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा जेनजी आन्दोलनकारीले तोडफोडको प्रयास गरेका छन् ।
दमक प्रहरीले दिएको जानकारीअनुसार जुलुससहित अघि बढेका प्रदर्शनकारीले नगरपालिकामा तोडफोड र आगजनी गरेपछि ओलीको घरतर्फ प्रस्थान गरेका थिए । त्यसक्रममा उनीहरूले ढुंगा प्रहार गरेका थिए ।
‘प्रदर्शनकारीहरू नगरपालिकामा तोडफोड गरेर प्रधानमन्त्रीको घरतर्फ अघि बढे,’ एक प्रहरी अधिकृतले भने ‘उनीहरूले घरमा ढुंगा प्रहार गरेका थिए ।’
स्थिति तनावपूर्ण बन्दै गएपछि प्रहरीले भीड नियन्त्रणका लागि दुई राउण्ड हवाई फायर गरेको जनाइएको छ ।
दमक क्षेत्रमा अहिले समेत सुरक्षा व्यवस्था कडा पारिएको छ । झडप हुनसक्ने सम्भावनाका कारण थप प्रहरी परिचालन गरिएको छ ।
२०८२ भदौ २३ गते
प्रतिक्रिया
सम्बन्धित








