स्वदेशी किसानको संरक्षण तथा प्रोत्साहन हुने नीति बनाइ कार्यान्वयन गर्न समितिको निर्देशन

काठमाडौँ । संसदीय समितिले स्वदेशी किसान तथा व्यापारीको संरक्षण तथा प्रोत्साहन हुने खालको नीति बनाएर कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सोमवार बसेको बैठकले उक्त निर्देशन दिएको हो ।

समिति सभापति कुसुमदेवी थापाले नेपाली किसानको संरक्षणको लागी नेपालमा उत्पादन भएका कृषि उपजहरूको कृषि बजार सूचना प्रणाली सक्रिय पार्ने, दैनिक मूल्य अपडेट गर्ने, आपूर्तिको जानकारी दिने तथा अति आवश्यक पर्दा सरकारले बफर स्टेशन बनाएर मूल्य स्थिरता कायम गर्ने, साफ्टा र डब्लूटिओ सम्झौता समेतको धारालाई न्यायोचित, प्रतिस्पर्धा कायम गर्न डम्पिङ वा सस्तोमा छिमेकी देशबाट हुने आयात रोक्न आवश्यक कर, शुल्क र गुणस्तर जाँचको व्यवस्था गरी नेपालमा उत्पादित वस्तुको बजारलाई प्राथमिकता दिनेगरी नीति बनाएर कार्यान्वयन गर्न निर्देशन दिएको जानकारी दिइन् ।

बैठकले केरा उत्पादन किसानहरूको संरक्षण गर्न मौसमी आयात व्यवस्थापन, आयात गरिने वस्तुहरूको गुणस्तर, स्वास्थ्य मापदण्ड तथा क्वारानटाईन परीक्षण, चोरी पैठारी नियन्त्रण, भन्सार मूल्याङ्कन लगायतका नीतिहरू कडाइका साथ लागू गर्न पनि कृषि तथा पशुपंक्षी विकास, अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिइएको छ ।

समितिको बैठकमा केरा व्यवसायी कृषकका समस्याका बारेमा छलफल गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − six =