अब रवि लामिछानेलाई भेट्न नपाइने !

काठमाडौं । सहकारी ठगीको आरोपमा नख्खु कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई कारागार प्रशासनले भेट्न रोक लगाएको छ ।

नख्खु कारागार प्रशासनले लामिछानेलाई भेटघाट गर्न दिने क्रम तत्काल बन्द गरिएको जनाएको छ । यसअघि तय भएका भेटघाट समेत स्थगन गरिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

यो निर्णयले रवि लामिछानेलाई भेट्न इच्छुक कार्यकर्ता र समर्थकहरूमा चिन्ता बढाएको छ । उनीमाथि सहकारी ठगी मुद्दामा अनुसन्धान जारी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =