केएमसीमा दुई आन्दोलनकारीको मृत्यु, ४० जनाको उपचार हुँदै
२०८२ भदौ २३ गते

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजमा जेनजी आन्दोलनमा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।
आज दिउँसो भएको आन्दोलनमा घाइते भएका उनीहरूको केएमसीमा उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासन प्रमुख नारायण प्रसाद दाहालले जानकारी दिए ।
उनले आन्दोलनमै घाइते भएका ४० जनाको उपचार भइरहेको बताए । घाइतेको केएमसीले निःशुल्क उपचार गरिरहेको हो ।
नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा जेनजी आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार भइरहेको हो ।
२०८२ भदौ २३ गते
प्रतिक्रिया
सम्बन्धित








