जेन–जी प्रदर्शन : इटहरी उपमहानगरपालिका कार्यालय र वरपरको भवनमाथि क्षति
२०८२ भदौ २३ गते

काठमाडौँ । जेन–जी प्रदर्शनकारीहरूले इटहरी उपमहानगरपालिका कार्यालय र वरपरको भवनमाथि क्षति पुर्याएका छन् ।
प्रदर्शनकारीहरूले उपमहानगरपालिकाको परिसरमा प्रवेश गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनकारीहरूले बहुउद्देश्यीय सहकारीको भवनमा ढुंगामुढा गर्दै तोडफोड गरेका थिए ।
प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले हवाई फायर गर्दै दर्जनौँ राउण्ड गोली समेत प्रहार गर्यो ।
यसैबीच पूर्व–पश्चिम राजमार्ग केहीबेर पूर्ण रूपमा अवरुद्ध भएको छ भने स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
२०८२ भदौ २३ गते
प्रतिक्रिया
सम्बन्धित








