जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ९ पुग्यो (अपडेट)

काठमाडौँ । काठमाडौँमा जारी जेनजीको आन्दोलनमा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

आन्दोलनमा घाइते भएर उपचारका लागि अस्पताल लगिएका प्रदर्शनकारीको विभिन्न अस्पतालमा मृत्यु भएको हो । ट्रमा सेन्टरमा मात्रै ५ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा ५ जनाको मृत्यु भएको हो ।

जेनजी प्रदर्शनका क्रममा सिभिल अस्पतालमा दुई जनाको मृत्यु भएको हो । यस्तै केएमसी अस्पतालमा एक जनाको मृत्यु भएको थियो ।

एक जनाको संसद् भवन बाहिरै गोली लागेर निधन भएको थियो । अहिलेसम्म कतिलाई गोली लागेको भन्नेबारे यकिन थाहा भइसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =