शितलनिवास, लैनचौर र सिंहदरबार आसपासका क्षेत्रमा पनि कर्फ्यु बिस्तार

काठमाडौँ । काठमाडौँको कर्फ्यु क्षेत्र बिस्तार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले यसअघि बानेश्वर–तीनकुने क्षेत्रमा मात्र कर्फ्यु लगाएको थियो ।

त्यसलाई बिस्तार गर्दै जिल्ला प्रशासन कार्यालयले राष्ट्रपतिको कार्यालय शीतल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार सङ्ग्रहालय र सिंहदरबार क्षेत्रमा कर्फ्यु लगाएको हो ।

प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाइएको उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + seventeen =