जेनजीको प्रदर्शन उग्र, काठमाडौंमा कर्फ्यू आदेश जारी

काठमाडौं । राजधानीको नयाँ बानेश्वरमा जारी जेनजी समूहको प्रदर्शन उग्र बन्दै गएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार दिउँसो साढे १२ बजेदेखि राति १० बजेसम्मको लागि कर्फ्यू क्षेत्र घोषणा गरिएको हो ।

प्रदर्शनले संसद भवनसम्म प्रभाव पार्न थालेपछि सुरक्षालाई मध्यनजर गर्दै कर्फ्यू लगाउनुपरेको प्रशासनले जनाएको छ ।

नयाँ बानेश्वर क्षेत्रमा अहिले ठूलो संख्यामा सुरक्षा टोली परिचालन गरिएको छ भने स्थिति तनावग्रस्त बनेको छ ।

प्रदर्शन नियन्त्रणबाहिर जान थालेपछि यसअघि प्रहरीले रबरको गोलीसमेत प्रहार गरिसकेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =