जेनजीको आन्दोलनमा प्रहरीले चलायो गोली
२०८२ भदौ २३ गते

काठमाडौं । राजधानीको नयाँ बानेश्वरमा जेनजी समूहको आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन रबरको गोली प्रहार गरेको छ ।
जारी प्रदर्शन झन् आक्रोशित हुँदै जाँदा प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि प्रहरीले रबरको गोली प्रहार गरेको हो ।
प्रहरीका अनुसार प्रदर्शन नियन्त्रणभन्दा बाहिर जान थालेपछि रबरको गोली प्रहार गर्नुपरेको हो ।
घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सर्वसाधारणलाई उक्त क्षेत्रमा नजान अनुरोध गरिएको छ ।
प्रदर्शनका क्रममा केही प्रदर्शनकारी घाइते भएको आशंका गरिएको छ, तर यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ ।
२०८२ भदौ २३ गते
प्रतिक्रिया
सम्बन्धित








