राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन पारित

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिले राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदालाई सुझावसहित पारित गरेको छ ।
सोमवार बसेको समितिको बैठकले प्रतिवेदनलाई पारित गरेको हो । बैठकमा समिति सभापति कमलादेवी पन्तले प्रतिवेदनलाई सुझावसहित पारित गरेको घोषणा गरेका थिइन् ।
सभापति पन्तले प्रतिवेदनलाई कार्यान्वयन गर्नको लागि गृहमन्त्री, प्रधानमन्त्रीलाई आग्रह गरेकी छन् । उनले राष्ट्रिय सभामा प्रतिवेदनलाई परिमार्जनसहित पेस गर्ने जानकारी दिएकी छन् ।
उनले भनिन् ‘प्रतिवेदनलाई पारित गरियो । यसलाई चाहिँ कार्यान्वयनका निम्ति गृहलाई पनि हामीले अनुरोध गर्यौँ । प्रधानमन्त्री कार्यालयलाई पनि हामीले यसलाई अनुरोध गर्यौँ र यसको अपन्वत्व प्रधानमन्त्री कार्यालयले लिन्छ, प्रधानमन्त्री स्वयंले लिनुहुन्छ, भन्ने कुरामा हामी आश्वस्त छौँ । र सभामा छलफल गर्नको निम्ति पनि हामीले आग्रह गर्छौँ र सभामा छलफल गछौँ । आगामी संसदमा यसलाई पेस गर्ने पनि हामीले अनुरोध गर्यौँ ।’
सभापति पन्तले प्रतिवेदन गृहमन्त्री रमेश लेखकलाई हस्तान्तरण समेत गरेकी छन् ।








