संसद् भवनभित्र छिरे जेनजी प्रदर्शनकारी, स्थिति तनावग्रस्त

काठमाडौं । जेनजीको प्रदर्शनले तनावपूर्ण मोड लिएको छ । जेनजीका केही प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा तोडी संसद् भवनभित्र प्रवेश गरेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार, उनीहरू संसद् परिसरको मूल गेटबाट माथि चढ्दै भित्र पसेका हुन् ।

सुरक्षाकर्मीले रोक्ने प्रयास गरे पनि भिडको चापका कारण नियन्त्रण गर्न कठिन भएको थियो ।

प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरिरहेको छ । संसद् भवन परिसरमा अहिले तनावपूर्ण अवस्था छ भने थप सुरक्षाकर्मी खटाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =