प्रचण्डको पोष्टमा बालेनको कमेन्ट– एकादेशमा टिकटक पनि बन्द भएको थियो
२०८२ भदौ २२ गते

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पोष्टमा काठमाडौँका मेयर बालेन शाहले कमेन्ट गरेका छन् ।
अध्यक्ष प्रचण्डले जेनजीले काठमाडौँमा गर्न लागेको प्रदर्शन स्वाभाविक रहेको भन्दै फेसबुकमा पोस्ट गरेका थिए ।
उक्त पोष्टमा मेयर बालेनले कमेन्ट गरेका हुन् । उनले एकादेशमा टिकटक पनि बन्द गरिएको थियो भन्दै कटाक्ष गरेका हुन् ।
उनले प्रचण्ड प्रधानमन्त्री हुँदा पनि आफू मेयर रहेको भन्दै प्रचण्डबाट कुनै सहयोग नमिलेको खुलाएका छन् ।
उनले प्रचण्डले आफ्नो लागि एक दिन दिएको भए काठमाडौँका खोलानाला फेरिदिन्थेँ भनेका छन् ।

२०८२ भदौ २२ गते
प्रतिक्रिया
सम्बन्धित








