ऐतिहासिक पदक विजेता एरिका दुई लाखसहित सम्मानित

काठमाडौं । नेपाली खेलकुदमा ऐतिहासिक पदक दिलाउन सफल करातेकी एरिका गुरुङ नगद पुरस्कारसहित सम्मानित भएकी छन् ।

नेपाल कराते महासंघले आईतवार पत्रकार सम्मेलनमार्पmत नेपाली खेलकुद र करातेकी सबैभन्दा सफल खेलाडी एरिकालाई नगद दुई लाख रुपैयाँसहित सम्मान गरेको हो । उनको नाममा नेपाली करातेमा ऐतिहासिक पदकहरू जोडिएका छन् । उनै एरिकालाई नेपाल खेलकुद पत्रकार मञ्चमा आयोजित एक कार्यक्रमका बीच सम्मानित भएकी हुन् ।

नेपाल कराते महासंघ अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङले एरिकालाई दुई लाख बराबरको चेक र सम्मानपत्र हस्तान्तरण गरे । एरिकाले गत जेठ १९ गते मोरक्कोमा सम्पन्न विश्व कराते वान प्रिमियर लिगमा कांस्य पदक जितेकी थिइन् । यो पदक नेपाली करातेमा ऐतिहासिक र पहिलो हो ।

यसै सफलताका कारण महासंघले उनलाई सम्मान गरेको हो । उक्त सम्मान कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका कराते प्रशिक्षक मन्डेकाजी श्रेष्ठ पनि उपस्थित थिए ।

विश्व कराते महासंघका उत्कृष्ट ३२ खेलाडीले मात्र खेल्न पाउने प्रिमियर लिगमा एरिकाले कांस्य पदक जितेकी हुन् । एरिकाले कांस्य पदक भिडन्तमा फ्रान्सकी खेलाडीलाई हराउँदै ऐतिहासिक कांस्य जितेकी थिइन् ।

एरिकाले फ्रेन्च खेलाडी क्लेमेन्स पिएलाई हराउँदै सो सफलता पाएकी हुन् । यो कराते लिग विश्वकै सबैभन्दा प्रतिष्ठित प्रतिष्पर्धा हो । एरिका विश्वको उत्कृष्ट ३२ को सूचीमा थिइनन् । कुनै खेलाडीले नाम फिर्ता लिँदा यसमा सहभागी हुन पाइन्छ ।

एरिकाको प्रशिक्षण टोलीले पनि अवसर पाइन्छ कि भनेर उनको नाम दर्ता गरेको थियो । अन्तिम समयमा विश्व कराते महसंघले एरिकाको सहभागिता पक्का गरिदियो र उनले ऐतिहासिक पदक पनि दिलाइन् । सन् २०११ देखि शुरु भएको यो प्रतियोगितामा एरिकाले प्रशिक्षक बिना नै खेले पनि सफलता पाएकी हुन् ।

सोही सफलताका कारण महासंघले उनलाई आइतबार सम्मान गरेको हो । एरिकालाई थप प्रोत्साहन गर्ने उद्देश्यअनुरूप उनलाई सम्मान गरिएको महासंघले जनाएको छ ।

कुनै पनि नेपाली खेलाडीले यो च्याम्पियनसिपमा पहिलोपल्ट पदक जितेको हो । यसबाहेक उनीसँग अन्य कीर्तिमान पनि छ । उनले चीनको झाङझाउमा हुने १९औं एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् ।

एरिकाको पदक नेपाली खेलकुदमा अहिलेसम्मकै ठूलो सफलतामध्ये एक हो । यसअघि तेक्वान्दोकी सबिता राजभण्डारीले सन् १९९८ मा र नेपालको पुरुष पाराग्लाइडिङ टोलीले सन् २०१८ को एसियाली खेलकुदमा रजत पदक जितेका छन् । त्यसपछि यो सफलता एरिकाले दोहो¥याएकी हुन् ।

एरिकाले चीनमा नै सम्पन्न एकेएफ सिनियर कराते च्याम्पियनसिपमा पनि पदक जितेकी छन् । त्यसबाहेक एरिकाले थाइल्यान्ड ओपन, अमेरिका ओपन र १६औं एशियन सितोरियो प्यासिफिकमा पनि स्वर्ण पदक जितेकी छन् । नेपाली खेलकुदमा एकपछि अर्को सफलता दिलाएकी एरिकालाई महासंघले सम्मान गर्र्द प्रोत्साहन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + six =