फेसबुक बन्द हुँदा पनि बालेनको पोष्टमा लाइकको ओइरो
२०८२ भदौ २२ गते

काठमाडौँ । नेपाल सरकारले नेपालमा दर्ता नगरिएका मुख्य सामाजिक सञ्जाल बन्द गरेको छ ।
फेसबुक, युट्युब र इन्स्टाग्राम लगायतका मुख्य सामाजिक सञ्जाल बन्द गरेको छ । तर, काठमाडौँ महानगरपालिकाका मेयर बालने शाहको फेसबुक पोष्टमा भने लाइक र कमेन्टको ओइरो नै लागेको छ ।
यो सामाचार तयार पार्दासम्म मेयर बालेनको एक फेसबुक पोष्टले १ लाख २४ हजारभन्दा बढी लाइक प्राप्त गरेको छ। साथै, १३ हजारभन्दा बढी कमेन्ट र १० हजारभन्दा बढी शेयर भएको छ ।
सरकारले सबै दर्ता नगरिएका सामाजिक संजालहरू बन्द गरेको भएता पनि, वास्तविकता भने केहि फरक देखिन्छ । कतिपय मोबाइलमा भने सामाजिक सञ्जाल निर्वाध रूपमा चलिरहेका छन् ।
२०८२ भदौ २२ गते
प्रतिक्रिया
सम्बन्धित








