हामी अलग अलग भएपनि एकसाथ लड्छौँ, एकसाथ मर्छौं : महन्थ ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसी नागरिकलाई भगाउने प्रयास भइरहेको आरोप लगाएका छन् । संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा शुक्रबार आयोजना गरेको वर्तमान राजनीतिक अवस्थाः जनजागरण अभियानलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले मधेसी नागरिकलाई भगाउने प्रयास हुँदा आफूहरू एक भएको बताए । मधेसी राजनीतिक दलहरूको एउटै आवाज रहेको बताउँदै अलग अलग पार्टी भए पनि मधेसी मुद्दामा एकै ठाउँमा रहेको बताए ।

उनले भने, ‘हामीलाई भगाउने प्रयास भइरहेको छ । त्यसैले हामी एक ठाउँमा उभिएका छौँ । हाम्रो एउटै आवाज छ, हामी अलग अलग भएर पनि एक साथ लड्छौँ । एकसाथ मर्छौं त्यसैले यहाँ जम्मा भएका छौँ । यो आवश्यकता हो । आपसमा चाहे जतिसुकै मतभेद होस्, एक भएर हामी लड्छौँ । मधेसको मामिलामा हामी एक छौँ र अन्तिमसम्म एक भएर लडिरहन्छौँ ।’

अध्यक्ष ठाकुरले मधेसको मामिलामा आफूहरू एक रहेको र अन्तिमसम्म एक भएर लड्ने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 19 =