पूर्वप्रधानमन्त्री एवं साहित्यकार चन्दको कृति ‘बदलिँदो समयचक्र’ विमोचन

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दको नयाँ कृति ‘बदलिँदो समयचक्र’ आज विमोचन गरिएको छ ।

मदन पुरस्कार बिजेतासमेत रहेका साहित्यकार चन्दको उपन्यासमा सामाजिक कथावस्तु समावेश गरिएको छ । १४४ पेजको उपन्यासमा २५ उपशीर्षक छन् ।

यहाँ आज आयोजित कार्यक्रममा वरिष्ठ समालोचक वासुदेव त्रिपाठीले उक्त पुस्तक विमोचन गर्दै सामाजिक विषयवस्तुलाई समेटेर लेखिएको कृतिले नेपाली साहित्यलाई समृद्ध बनाउने विश्वास व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री चन्दले सामाजिक रुपान्तरण तथा आर्थिक विकासका लागि पथप्रदर्शन गर्न साहित्य सशक्त माध्यम भएको बताए ।

राप्रपाका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नेपाली सहित्य क्षेत्रलाई दर्जनौँ कृति दिनुभएका चन्दको साहित्यिक सृजनाले समाजका सबै वर्ग र पक्षलाई समाहित गर्न सक्ने उल्लेख गर्नुभयो ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सामाजिक विकृति, विसङ्गतिका विरुद्ध गहिरो अध्ययन तथा विश्लेषण गरी चन्दले लेखेको कृतिको विशिष्ट पक्ष भनेको नेपाली समाज सुदृढ र एकताबद्ध गर्नु रहेको बताए ।

उनका यसअघि विभिन्न कथा, नाटक र उपन्याससङ्ग्रह प्रकाशित छन् । चन्दको विसर्जन कथासङ्ग्रहले २०५४ सालमा मदन पुरस्कर प्राप्त गरेको थियो । चन्दका चर्चित पुस्तकहरु अपराजिता, बार्हौँ खेलाडी, रात्रिभोज, हिउँको तन्ना, नेताको साथीलगायत प्रकाशित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + one =