स्रष्टाहरुको दलीय आवद्धताबारे नकारात्मक टिप्पणी नगरौं : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले स्रष्टाहरुको राजनीतिक दलको आवद्धतालाई नकारात्मक रुपमा लिन नहुने टिप्पणी गरेका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित डा. नवराज लम्सालद्वारा लिखित चौथो महाकाव्य कल्प लोकार्पण समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

महामन्त्री थापाले राजनीतिक चेतनाको आँखाले समाजलाई स्रष्टाहरुले हेर्नसक्ने भने त्यसले समाजमा अझ धेरै बढी योगदान दिनसक्ने स्पष्ट पारे ।

राजनीतिक दलमा आवद्ध हुने कुराले अझ बढी समाजप्रति दायित्ववोध हुने भएकाले पनि त्यसको आवद्धताको विषयलाई गलत ढंगले व्याख्या गर्न नहुने उनको भनाई थियो ।

महामन्त्री थापाले राजनीतिक दलमा आवद्ध भएका स्रष्टाहरुले अझ बढी समाजलाई सही बाटोमा अघि बढाउन प्रेरित गर्न सक्ने निष्कर्ष समेत सुनाए ।

त्यस अवसरमा महामन्त्री थापाले लम्सालले साहित्य सृजनाको माध्यामबाट समाज परिवर्तनको दिशामा महत्वपूर्ण योगदान पुर्‍याएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 5 =