हुलाक टिकट प्रदर्शनी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले निजामती सेवा सरकार चलाउनु विश्वासिलो र महत्वपूर्ण अङ्ग भएकाले सेवाको गौरव राख्न सबै कर्मचारीले स्वच्छ छविमा ध्यान दिनुपर्ने बताएकी छन् ।

निजामती दिवस–२०८२ का सन्दर्भमा आज हुलाक सेवा विभागको आयोजना र नेपाल फिलाटेलिक सोसाइटीको सह आयोजनामा आयोजना गरिएको सप्ताहव्यापी निजामती दिवस हुलाक टिकट प्रदर्शनी कार्यक्रममा सचिव अर्यालले भनिन्, ‘निजामती सेवाको कार्यशैली अरु क्षेत्रमा पनि प्रभावित हुने हुँदा यसको गौरवलाई जोगाउनु पर्छ ।’ साथै उनले हुलाक टिकटमार्फत निजामती सेवाको मर्म र सन्दर्भलाई प्रदर्शन गर्नुले सकारात्मक प्रचारको काम गरेको बताइन् ।

कार्यक्रममा हुलाक सेवा विभागका महानिर्देशक मनमाया पङ्गेनी भट्टराईले निजामती सेवाको गौरव बढाउने किसिमका हुलाक टिकट प्रदर्शनीले आउने पुस्तालाई इतिहाससँगै सेवाको महत्वसमेत बुझाउन प्रेरित गर्ने बताइन् ।

नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष रविचन्द्र श्रेष्ठले प्रदर्शनीमा राखिएका हुलाक टिकटमा इतिहासदेखि वर्तमानसम्मको अवस्था समेटिएको बताए ।

रिदिमा शाक्य, सायरा खड्का, सरु श्रेष्ठ, सागर भुसाल, किशोर शर्मा, प्रदीप बज्रचार्य, मिलन चन्द्र जोशी, दिनेशराज मस्के, केदार प्रधान, दिनेशप्रसाद आचार्य र दिपेन्द्ररत्न शाक्यले सङ्कलन गरेका हुलाक टिकट प्रदर्शनीमा राखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =