आलोचना सहन नसकेर सरकारले सामाजिक सञ्जाल बन्द गर्यो : शेखर कोइराला
२०८२ भदौ १९ गते

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा आपत्ति जनाएका छन् ।
नेता कोइरालाले सरकारले आलोचना सहन नसकेर सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको आरो लगाए ।
उनले जनचाहना अनुसार र आफ्नै प्रतिबद्धता अनुसार काम गर्न नसकेपछि अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक रहेको बताए ।
उनले यस निर्णयका कारण नेपाली युवाको रोजीरोटी खोसिनेतर्फ सचेत हुन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल बन्द गर्ने कदम तत्काल सच्याउन र मर्यादित गर्ने गरी नियमन गर्न आग्रह गरेका छन् ।
२०८२ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित








