दर्ता प्रक्रिया सुरु गरेसँगै बन्द हुनबाट जोगियो ‘हाम्रो पात्रो’

काठमाडौँ । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र सञ्चालनमा रहेका सामाजिक सञ्जालहरू नियमन गर्न थालेको छ ।

यसै क्रममा प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई निष्क्रिय गराउन मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई पत्राचार गरेको छ ।

यसैबीच, लोकप्रिय मोबाइल एप ‘हाम्रो पात्रो’ सूचिकृत नहुने सामाजिक सञ्जालको सूचीमा परेको भए पनि निष्क्रिय हुने खतरा टरिसकेको छ । प्राधिकरणले निर्णय सार्वजनिक गरेकै दिन ‘हाम्रो पात्रो’ले सूचिकरणका लागि औपचारिक निवेदन दिएको हो ।

मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार निवेदन दिएकाले हाम्रो पात्रो अब निष्क्रिय हुने छैन । उनले भने, ‘हाम्रो पात्रोले आजै निवेदन दिएको हुनाले यो निस्क्रिय हुँदैन। सूचिकृत हुन बाँकी सबै प्लेटफर्म निस्क्रिय हुन्छन् ।’

प्राधिकरणले मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई पठाएको पत्रमा कुल २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मको नाम उल्लेख गरिएको छ, जसमा हाम्रो पात्रो पनि थियो ।

‘निस्क्रिय बनाउने कुरा स्विच थिचेजस्तो अन÷अफ गर्ने विषय होइन, यो प्राविधिक विषय भएकाले केही समय लाग्छ,’ प्रवक्ता ठाकुरले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =