पार्टीभत्र गुट–उपगुट र स्वार्थ समूह नरोकिए अनुशासनको कारबाही गर्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) पार्टीभित्र स्वार्थसमूह नरोकिए अुनशासनको कारबाही गर्ने निर्णय गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले पार्टीभित्र देखिएको स्वार्थ समूह रोक्ने र नरोकिए अनुशासनको कारबाही गर्ने निर्णय भएको बताए ।

उनकाअनुसार बैठकले पार्टीको मध्यपहाडि लोकमार्ग अभियानको विषयमा पनि छलफल गरेको छ । उनले सरकारले सामाजिक सञ्जाल बन्द गरेर नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित खोजेको टिप्पणी पनि गरे ।

सामाजिक सञ्जाल नियन्त्रण गर्नुपर्नेमा सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको देखिएको उनको भनाइ छ ।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारके निर्णयबारे अध्ययन गरेर पार्टीको धारणा सार्वजनिक गरिने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =