एनआईएमबीले महिला उद्यमी महासंघका सदस्यहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट दिने

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपाल बिच व्यावसायिक सम्झौता भएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपाल बिच नेपालका महिलालाई उद्यम क्षेत्रमा आकर्षित गरी महिला व्यवसाय प्रवर्द्धन गर्न बैंक बिच सम्झौता भएको हो ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र महिला उद्यमी महासंघ तर्फ अध्यक्ष शोभा ज्ञवालीबाट हस्ताक्षर भई सो महिला व्यावसायिक सेवा आरम्भ
गरिएको ।

यस सम्झौता मार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरूलाई महिलाद्वारा सञ्चालित उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाई विशेष बैंक तथा वित्तीय सहयोग प्रदान गर्ने सम्झौता
गरिएको छ ।

सोही सम्झौता अनुसार एसोसिएसनका सदस्यहरूलाई लक्षित गरी बैंकको २७५ वटा शाखाहरू मार्फत महिलाद्वारा सञ्चालित उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाई छुट सहितको कर्जा प्रवाहमा विशेष प्राथमिकता, वित्तीय साक्षरताका सेवा दिने जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।

यो सम्झौताबाट महिला उद्यमी महासंघ नेपालका सदस्यहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =