कर्मचारीले कुनैपनि पार्टीको आदेश मानेर काम गर्नु हुँदैन : देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले कुनैपनि पार्टीको लागि काम गर्न नपाइने बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले कर्मचारीले कुनै पार्टीको लागि नभइ समग्र देश र जनताको लागि काम गर्नुपर्ने बताए ।

देश, राष्ट्र, विधानअनुसारको काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । निर्वाचनमा कसलाई मत दिने भन्नेकुरा व्यक्तिगत कुरा भएको उल्ल्ेख गर्दै पार्टीको आदेश मानेर कर्मचारीले काम गर्न नहुने बताए ।

‘देशको, राष्ट्रको, विधानको अनुसार देशको काम गर्ने हो । कुनै पार्टीको लागि काम गर्ने होइन । चुनावमा कसलाई भोट दिने कसलाई नदिने उसको कुरा हो त्यो । तर पार्टीको आदेश मान्ने होइन’ उनले भने ।

सभापति देउवाले सरकारी सेवाहरु चुस्त र दुरुस्त बनाउन कर्मचारीहरु क्रियाशिल हुनुपर्ने बताए । २१ औं शताब्दीको आकांक्षाअनुरुप जनतालाई छिटो, छरितो सेवा दिनुपर्ने बताए ।

‘संसदमा सबैभन्दा ठूलो पार्टी हाम्रो छ त्यसकारण हामीले तपाईंहरुका कुराहरु लागू गर्न सक्दछौँ । हामी अरु पार्टीलाई पनि सहभागी गराउनसक्छौँ । कर्मचारीको हक हित हेर्ने हो । कर्मचारीले कुनैपनि पार्टीको लागि काम गर्न पाइँदैन’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 17 =