सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा बालेनको व्यङ्ग्य : ‘भोलिबाट सपनामै भेट होला’
२०८२ भदौ १९ गते

काठमाडौँ । सरकारले फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ ।
सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो । सामाजिक सञ्जाल बन्द गर्ने निर्णयपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमै कविता लेखेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा कविता पोष्ट गर्दै व्यङ्ग्यात्मक सन्देश दिएका छन् ।
उनको कविता यस्तो छ :
भोलिबाट सपनामै भेट होला,
बाटोमा ढाट लागेपछि ।
घरबाट निस्किए, मनमा एक हौँला,
घमण्डको माझ परेपछि ।
तिमी सम्झ मात्र मलाई,
रातमा आइदिन्छु ।
हामीबीच संसार आउन सक्दैन,
हात समाइदिन्छु ।
२०८२ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित








