इन्दिरा गोलेको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
२०८२ भदौ १९ गते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका इन्दिरा गोले गुरुङको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत गायिका गोलेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले लोकगीतका पारखी र उनका परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।
‘नेपाली लोकगीतमा तामाङ सेलो काठमाडौँ उपत्यका आसपास धेरै लोकप्रिय छ । नेपाली लोकगीत र तामाङ सेलोमा आफ्नो परिचय बनाएकी गायिका इन्दिरा गोले गुरुङको निधनको दुःखद् खबर सुनेँ । गायिका इन्दिरा गोलेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै लोकगीतका पारखी र उनका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन् ।
क्यान्सरबाट पीडित गायिका गोलेको बुधवार ४८ वर्षको उमेरमा निधन भएको हो ।
२०८२ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित








