अछाममा दुई किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौं । अछाममा दुई किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिएका छन् ।
जिल्लाको तुर्माखाँद गाउँपालिका–६, रानीबनको जङ्गलमा दुई किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले दुई किशोरी झुन्डिएको अवस्थामा भेटिएको पुष्टि गरे । ‘दुई किशोरी झुन्डिएको अवस्थामा भेटिएका हुन्, हामी घटनास्थलमा जाँदै छौँ’ उनले मकालुखबरसँग भने । उनका अनुसार मृत फेला परेका किशोरीहरूको सनाखत भने अझै हुन बाँकी रहेको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहे पनि सुरक्षाकर्मी र स्थानीय प्रशासन घटनास्थलतर्फ गएको जनाइएको छ । प्रारम्भिक रूपमा आत्महत्या हुन सक्ने आशंका गरिए पनि सबै पक्ष खुल्न बाँकी रहेको जनाइएको छ ।
स्थानीय बासिन्दाले जङ्गलतर्फ गएका बेला एकै रुखमा दुई जना किशोरी झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।








