ललितपुरको लोंल टोलमा आकाश भैरवको प्रतिमा पुनःस्थापना हुने

काठमाडौं । ललितपुरको लोंल टोलमा आकाश भैरवको प्रतिमा पुनःस्थापना हुने भएको छ ।

बुधवार पत्रकार सम्मेलनमार्फत लोंल टोल सुधार समितिले यसबारेमा जानकारी गराएको हो ।

प्रतिमा भदौ २२ गते आईतवार विशेष पूजाआज गरी सम्पन्न हुने लोंल टोल आकाश भैरव पुनः स्थापना व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण महर्जनले बताए ।

काठमाडौं उपत्यकाको करिव ३ हजार वर्ष पुरानो इतिहास बोकेको आकाश भैरव पूजा नेवा समुदाय, विशेषतः ज्यापु जातीको मौलिक परम्परा हो । यस कार्यको कुल अनुमानित लागत २५ लाद रुपैयाँ रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =