एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस होटलबीच साझेदारी, ग्राहक र कर्मचारीलाई विशेष छुट

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरू तथा कर्मचारीहरूलाई विशेष सुविधा प्रदान गर्न बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग रणनीतिक साझेदारी गरेको छ ।
यो साझेदारी अन्तर्गत बैंकका कार्डवाहकहरूले होटलको सेवामा विभिन्न आकर्षक छुटहरू प्राप्त गर्नेछन् ।
सहमतिको अनुसार, एनएमबि बैंकका कार्डवाहकहरूले बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशतसम्मको छुट पाउनेछन् । यस सुविधाले ग्राहक तथा कर्मचारीहरूको बसाइलाई अझ किफायती र सहज बनाउने विश्वास बैंकले व्यक्त गरेको छ ।
त्यसैगरी, होटलभित्र रहेका प्रसिद्ध रेस्टुरेन्टहरू सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफेमा खानाका परिकारहरूमा, बेकरी सामग्रीमा तथा स्विमिङ पूलको प्रयोगमा १० प्रतिशत छुट उपलब्ध हुनेछ ।
एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८७ वटा एटिएम तथा ९ वटा एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै यस्ता किसिमका सुविधा र सहकार्य विस्तार गर्दै लगेको जनाएको छ ।








